नबिल बैंकको नबिल सजिलो एक्सप्रेस कर्जा



नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ। कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो।

सरल र शीघ्र प्रशोधनसहित अधिकतम १० दशमलव ५ प्रतिशत ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ। नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा यो कर्जा डिसेम्बर २३, २०१९ मा प्रदेश ३, काठमाडौं लगत्तै जनवरी ३१ २०२० प्रदेश नं ५ भैरहवाबाट शुरू भएको थियो।

यसैक्रममा उक्त नयाँ एसएमई कर्जा प्रदेश नं. १ को इटहरीमा शुरु भएको छ। योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीको अवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको हो। हामी यहाँहरूको समय र व्यावसायिक सपनाको सम्मान गर्दछांै।

अतः हामीले कर्जा प्रशोधन प्रक्रियालाई छिटोछरितो, सहज र सरल बनाउने दिशामा नबिल सजिलो एक्सप्रेस कर्जा जस्ता रचनात्मक योजनाहरू अघि सार्दै साना तथा मझौला उद्यमका ग्राहकको पहिलो रोजाइ बन्नेछौं।’

यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध हुनेछ। ऋणीको कर्जा आवेदनमा शीघ्र निर्णय लिँदै आवेदन प्राप्त भएको ३५ घण्टाभित्र स्वीकृति प्रदान गर्ने उद्देश्यले यो योजना जारी गरिएको हो।

प्रतिक्रिया दिनुहोस्