प्रभु बैंकले थप तीन शाखा खोल्यो



प्रभु बैंकले थप शाखा सञ्जाल विस्तार गरेको छ। यसक्रममा पोखरामा एकैसाथ ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। पोखरा महानगरपालिकाको हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति शेरचन, पोखरा महानगरपालिका–१३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका वडा नं. १३ का वडाध्यक्ष लेखबहादुर तामाङ र पोखरा महानगरपालिका– २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले उद्घाट्न गर्नुभएको हो।

नयाँ शाखासँगै प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ भने हालसम्म बैंकले १५७ वटा एटीएम, ४३ वटा एक्स्टेन्सन काउन्टर र १७ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याई सर्वसाधारणलाई अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्