राष्ट्रिय व्यवस्थापन सम्मेलन हुँदै



नेपाल समाचारपत्र, काठमाडौं।

नेपालका व्यवस्थापकहरूको छाता संस्था नेपाल व्यवस्थापन संघले ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलन गर्ने भएको छ। संघले शुक्रबार सम्मेलन गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

सम्मेलनसँगै वार्षिक साधारण सभा, राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान र एसियाली व्यवस्थापन संघद्वारा आयोजित एसियाली नेतृत्व पुरस्कार साँझ २०२० आयोजना गर्ने संघले जनाएको छ। संघका प्रथम उपसभापति बमबहादुर मिश्रले दिनुभएको जानकारीअनुसार यस वर्षको राष्ट्रिय व्यवस्थापन सम्मेलनको मुख्य नारा तथ्यांक परिचालित निर्णय प्रक्रिया रहेको छ।

व्यावसायिक सत्रको रुपमा रहने यस सम्मेलनमा चारवटा कार्यपत्रहरू प्रस्तुत गरिने छन् र आवश्यक टिप्पणी र सदनको सुझावसहित पारित गरेर यसको समापन हुनेछ। अर्थमन्त्री डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न हुने यो सम्मेलनमा विश्व र नेपालको व्यवस्थापन विकासको परिदृश्य २०१९, नामक एक अनुसन्धानात्मक कृतिको पनि विमोचन हुनेछ।

सम्मेलनको तेस्रो सत्रमा राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रम रहनेछ। नेपाल व्यवस्थापन संघका कार्यकारी निर्देशक यादवप्रसाद पौडेलले नेपाल व्यवस्थापन संघको राष्ट्रिय व्यवस्थापन सम्मेलन, वार्षिक साधारण सभा र राष्ट्रिय व्यवस्थापन पुरस्कार तथा सम्मान कार्यक्रमको अवसरमा एसियाका राष्ट्रिय व्यवस्थापन संघहरूको छाता संगठनको रुपमा रहेको एसियाली व्यवस्थापन संघ एसियाली नेतृत्व पुरस्कार साँझको आयोजना गरी नेपालसहित यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा महŒवपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिलाई सम्मानित गर्दैछ।

प्रतिक्रिया दिनुहोस्