थापा र मानन्धर राष्ट्र बैंकको कामु कार्यकारी निर्देशक



नेपाल राष्ट्र बैंकले दुई जना निर्देशकलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको छ। राष्ट्र बैंकले बरियताक्रम अनुसार निर्देशकहरू विश्रुत थापा र रामबहादुर मानन्धरलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको हो।

यसअघि सुपरीवेक्षण विभागको निर्देशक रहेका विश्रुत थापाले मुद्रा व्यवस्थापन विभागको जिम्मेवारी पाउनुभएको छ।

यस्तै विकास बैंक सुपरीवेक्षण विभागको निर्देशक रहनुभएका रामबहादुर मानन्धरले संस्थागत योजना विभागको जिम्मेवारी पाउनुभएको छ। कार्यकारी निर्देशकद्वय लक्ष्मी प्रपन्न निरौला र महेश्वरलाल श्रेष्ठले ३० वर्ष सेवाअवधिको कारण अवकास पाएपछि रिक्त रहेको पदमा थापा र मानान्धर बढुवा हुनुभएको हो।

केही समयअघि मात्रै राष्ट्र बैंकले निर्देशकद्वय रेवतीप्रसाद नेपाल र रामु पौडेलले कामु कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएको थियो।

नेपाल कार्यकारी निर्देशकमा बढुवा भइसक्नुभएको छ भने पौडेले कामु कार्यकारी निर्देशक नै रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्