स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति



स्वावलम्बन लघुवित्त वित्तीय संस्थले आफ्ना ग्राहक सदस्यका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रबृत्तिको व्यवस्था गरेको छ।

वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबैभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रामध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाइएको छ।

यस व्यवस्था पश्चात वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयबाट छात्रवृत्ति प्रदान गर्नेछ। यसरी प्रत्येक वर्ष शाखा कार्यालय बराबर संख्यामा ग्राहक सदस्यका छोराछोरी प्रत्यक्ष लाभान्वित हुने विश्वास कम्पनकिो छ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालयमार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ।

वित्तीय संस्थाको अधिकृत पुँजी १ अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्