अजोड इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम प्रदान



अजोड इन्स्योरेन्स पोखरा शाखाको आयोजनामा लेक साइडमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गरेको छ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाकाबारेमा प्रशिक्षण प्रदान गर्नु भएको थियो।

केन्द्रीय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्भाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पार्नु भएको थियो, भने अजोड इन्स्योरेन्सका पर्वत शाखाका शाखा अधिकृत हरि सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको बारेमा प्रकाश पार्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्