सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग



सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनका निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की र पाँच हजार थान टिकट हस्तान्तरण गरेको छ।

पानी ट्यांङ्की र टिकट बंैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद बास्तोलालाई हस्तान्तरण गरिएकोे छ।

केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठूलो शिबलिङ्ग हुनुका साथै सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो।

प्रतिक्रिया दिनुहोस्