ग्लोबल आइएमई बैंकको शाखा कमलविनायकमा



ग्लोबल आइएमई बैंकले भक्तपुरको कमलविनायकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले सोमबारदेखि भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–१०, कमलविनायकमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो।

नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको संख्या २७० पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले २७० वटा शाखा, ३७ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, २५६ एटीएम तथा २४८ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमार्पmत १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्