मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय जागरण शुरू



मुक्तिनाथ विकास बैंकले धादिङबाट वित्तीय जागरण अभियान शुरुआत गरेको छ। सोअन्तर्गत गल्छी गाउँपालिका– ९ बैरेनी धुनीबेेंशी–९ धार्केमा कार्यक्रम गरेको छ।

कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, लघुवित्त कार्यक्रममा केन्द्रको व्यवस्थापन, अधिक र अनुत्पादक कर्जा लिँदाका बेफाइदा, उपयुक्त व्यवसाय छनोट, व्यावसायिक योजना, सफल उद्यमीका विशेषता, बचत, कर्जा, बैंक तथा वित्तीय संस्थाको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखामार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवा प्रदान गर्दै आई रहेको छ।

प्रतिक्रिया दिनुहोस्