अटो व्यवसायीद्वारा सरकारको ध्यानाकर्षण



नेपाल समाचारपत्र, काठमाडौं।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालसँग भेट गरी सवारी साधन पैठारीकर्ताले आफ्नो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ।

उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नवीकरणमा विभिन्न समस्या आइपरेको हुँंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गर्नुभयो

छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा. अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र« बैंक, बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयसंँग छलफल गरी व्यवसायीको सहजीकरणका लागि निर्णय गरिने कुरा बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्