नेपाल बंगलादेश बैँकद्वारा सहयोग



नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालाजु औद्योगिक क्षेत्रस्थित इन्फिनिटी ल्याब्समा बनिएको १० वटा ह्वीलचियर जना अपांगता भएका व्यक्तिलाई हस्तान्तरण गरेको छ।

बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका विद्यार्थीद्वारा सीआईएल काठमाडौंको सहायतामा बनेका यी ह्वीलचियर पहिलोपटक नेपालमै निर्माण गरिएको हो।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले सीआईएल काठमाडौंका महासचिव गणेश केसीको उपस्थितिमा धादिङ, पोखरा, काठमाडौं, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपांगता भएका व्यक्तिलाई प्रदान गर्नुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस्