ऋण लिएर लगाएका बालीमा सिंचाई गर्न नपाउँदा किसान चिन्तित



सरोज यादव, विराटनगर ।

प्रदेश १ राजधानी समेत रहेको विराटनगर महानगरपालिकासँग जोडिएको जहदा गाउँपालिका–३ स्थित भाथिगछका किसानहरु यतिखेर सिंचाईको पखाईमा छन् ।

साहु महाजनसँग महँगो ब्याजमा ऋण लिएर लगाएको हिउँदे बालीमा सिंचाई गर्न नपाउँदा स्थानीय किसान चिन्तित बनेका छन् । सरकारले किसानहरुका लागि योजना बनाए पनि ग्रामीण भेगका किसानहरु भने योजना प्रयोग गर्न पाइरहेका छैनन् । यहाँका अधिकांश किसानहरु मकै खेती, करेसाबारी, उखु खेती र धान, गहुँ खेती गरेर जीविको पार्जन गर्नछन् । उनीहरु राम्रो हिउँदै बाली उत्पादनका लागि सिंचाई गर्न दिनहुँ नहर र खोला पुग्छन् । तर सिंचाईका लागि खोलामा समेत पानी नहुँदाको सास्ती खेप्नु पर्छ उनीहरुले । साहू महाजनसँग महँगो ब्याजमा ऋण लिएर लगाएको हिउँदे बालीमा सिंचाई नहुँदा लगानीसमेत नउठ्ने चिन्तामा छन् किसानहरु ।

सुनसरी–मोरङ सिंचाई आयोजनाले समेत नहर मर्मत नगरिदिँदा किसानहरुमा थप चिन्ता बढेको छ । किसानहरुलाई अहिलेसम्म सरकारले कुनै सहयोग नगरेको स्थानीय कृषक शिवशंकर साहको गुनासो छ । आफूसँग भए नभएको जोडेर नपुगेको साहुबाट ऋण काँडेर बाली लगाइयो तर प्रर्याप्त सिंचाई नहुदा बाली सखाप भएको छ उनले भने निमुखा कृषकका समस्या कुनै सरकारले पनि सुनेनन् । सवैतिर सरकार आएपछि त के, के न हुन्छ होला भनेको खोई हिजो जे जस्तो छ आजपनि समस्या उस्तै छ ।

यस क्षेत्रका कृषकका लागि तीनै तहको सरकारले महत्व नदिएको साहको आरोप छ । कृषि पेशालाई जीविकोपार्जको मुख्य आधार बनाएका स्थानीयले सिंचाइ अभावकै कारण चाहेजस्तो उत्पादन गर्न नसकेको तरकारी खेतमा संलग्न बुलन्दीदेवी साहले बताउनुभयो । महँगो ब्याजमा ऋण लिएर खुर्सानी, तरकारी र मकै खेती लगाउनु भएकी साहले लगानीसमेत नउठ्ने हो कि भनेर चिन्ताले सताएको गुनासो पोख्नुभयो । चाहिने बेलामा पानी लगाउन सकिदैन ब्याजमा लिएको पैसाको लगानी नै नउठ्ने देखिएको छ उहाँले भन्नुभयो खेती गर्नुभन्दा नगर्नु नै उत्तम हो जस्तो लाग्न थाल्यो ।

उहाँले सरकारले मल, विउँ, सिंचाई, बालीको विमा र कम ब्याज दरमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । यस वडामा किसानहरुले ५ हजार ६० हेक्टर जमिनमा पानी प्रयोग गर्दै आइरहेका थिए । वडाका किसानहरुका लागि सिंचाई गर्न आगामी आर्थिक वर्षमा वडाकै बजेटबाट नहर मर्मत, जुडी खोलामा बाँध र बोरिङको व्यवस्था मिलाउने जहदा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिलकुमार ठाकुर बताउनुहुन्छ । उहाँले वडाका अधिकांश किसानहरु सिंचाइबाट वञ्चित भएकाले आगामी आर्थिक वर्षदेखि सिंचाइलाई पहिलो प्राथमिकतामा राखेर बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आए पनि व्यवहारमा लागू हुन सकेको छैन । मुलुकलाई खाद्यन्नमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर खेतीयोग्य जमिनमा पर्याप्त सिंचाई सुविधा पु¥याउनु पर्ने यसक्षेत्रका कृषिविज्ञहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्