प्रभु बैंकद्वारा प्रवासी नेपालीलाई वित्तीय शिक्षा



नेपाल समाचारपत्र, काठमाडौं।

प्रभु बैंक र युके एडअन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहनुभएका प्रवासी नेपालीलाई लक्षित गरी दुई दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

विभिन्न पेसा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २ सय जना प्रवासी नेपालीको उपस्थितिमा वित्तीय साक्षरता एवं अन्तत्र्रिmयात्मक कार्यक्रममा सहभागीलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ प्रणालीमार्फत  नेपालमा रहेका आफन्तलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराइएको थियो।

उक्त अवसरमा सहभागीहरूबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ प्रणाली, आफूले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारीसम्बन्धी जिज्ञाशा राखिएको थियो।

प्रभु बैंकसमेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उत्साहजन उपस्थिति जनाउनुभएका मुम्बाईस्थित प्रवाशी नेपालीहरूले आफुले आर्जन गरेको रकम बैंकिङ प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरूलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नु हुनेछ र यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ बैंकले विश्वास लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्