नेप्से २१ भन्दा बढी अंकले बढ्यो



नेपाल समाचारपत्र, काठमाडौं।

बुलिस ट्रेन्ड’ मा रहेको धितोपत्र बजारमा साताको पहिलो दिन आइतबार २१ अंकभन्दा बढीको वृद्धि देखिएको छ। दुई अर्ब रुपियाँभन्दा बढीको कारोबार भएको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१ दशमलव २६ अंकले बढेको छ।

कुल १७५ वटा कम्पनीको ५३ लाख ४६ हजार ५०८ कित्ता शेयर दुई अर्ब सात करोड ७९ लाख ८७ हजार ७९९ मूल्यमा कारोबार भएको नेप्सेले जनाएको छ।

व्यापार र जीवन बीमा समूहबाहेक कारोबारमा आएका सबै समूहमा वृद्धि भएको दिन नेप्से परिसूचक १ हजार ३४६ दशमलव ६४ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ४ दशमलव ९९ बिन्दुले बढेर २८६ दशमलव ७५ बिन्दुमा पुगेको छ। नेप्से परिसूचकको बिन्दु करिब दुई वर्ष अगाडिको स्थितिमा नेप्से पुगेको छ।

आइतबार व्यापार समूह शून्य दशमलव ६२ र जीवन बीमा समूह १ दशमलव शून्य ९ अंकले घटेको छ। तर, बैंकिङ समूह २७ दशमलव शून्य ४, होटल समूह ८ दशमलव ६६, विकास बैंक समूह २८ दशमलव ३२, जलविद्युत् समूह ३ दशमलव शून्य ९, वित्त समूह ४ दशमलव १८, निर्जीवन बीमा समूह १०१ दशमव ५२, उत्पादन समूह ४७ दशमलव ७८, अन्य समूह ३ दशमलव १६, लघुवित्त समूह २२ दशमलव १३ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य ७ अंकले बढेको छ।

आइतबार कारोबारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी अगाडि रहेको छ। सो कम्पनीको १० करोड ११ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ। यस्तै ग्रामीण विकास लघुवित्त, एनआईसी एसिया बैंक, प्रभु बैंक, हिमालयन डिस्टिलरीलगायतका कम्पनी शेयर कारोबार उच्च भएको छ।

आइतबार ग्रामीण विकास लघुवित्त ९ दशमलव ९३, नयाँ नेपाल लघुवित्त ९ दशमलव ८९ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्था ९ दशमलव ८८ प्रतिशतले कमाएका छन् भने सिनर्जी पावर ४ दशमलव ७१, समता माइक्रोफाइनान्स ४ दशमलव ६३ प्रतिशतका दरले लगानीकर्ताले गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्