फेसबुक तथा ट्वीटरमा गरिने विज्ञापनमा कडाइ



काठमाडौं, (नेस)।

नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमा गरिने विज्ञापनमा कडाइ गरेको छ।सामाजिक सञ्जालमा हुने विज्ञापनमा विदेशी मुद्रामा अवैधानिक च्यानलमार्फत भुक्तानी हुने भन्दै विदेशी विनिमय व्यवस्था विभागले यस्तो भुक्तानी नगर्न सचेत गराएको हो।

विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबाट विदेशमा गैरकानुनी रकम पठाउने काम रोकिने बताउनुभएको छ।

‘सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने काम गैरकानूनी हो,’ विज्ञप्तिमा भनिएको छ।

यस्ता कारोवारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारबाही हुने विज्ञप्तिमा बताइएको छ। यसबाट फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालमा पोस्ट स्पोन्सर गर्न नपाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्