एनसीसी बैंकको साधारण सभा सम्पन्न



काठमाडौं, (नेस)

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको २२आंै वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सभा सम्पन्न भएको हो।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।

सभाबाट पारित १५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार पुग्ने भएको छ। साथै महिला सञ्चालक निर्वाचन गर्ने प्रयोजनका लागि बैंकको नियमावलीमा पहिलोपटक सर्वसाधारण शेयरधनी समूहबाट, दोस्रोपटक संस्थापक शेयरधनी समूहबाट र त्यसपछि यही क्रमले आलोपालो प्रणालीबाट निर्वाचन हुने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्