दोस्रो त्रयमासमा बैंकको निक्षेप ह्वात्तै बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्ष दोस्रो त्रयमाससम्ममा वाणिज्य बैंकहरूले निक्षेप १ खर्ब ८४ अर्ब २३ करोड रुपियाँले बढाएका छन्। यस वर्षको असोज मसान्तदेखि पुस मसान्तसम्म मात्रै यी बैंकले ८८ अर्ब ७८ करोड रुपियाँले निक्षेप बढाएका छन्।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस आर्थिक वर्षको असोजदेखि पुस मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप ३० खर्ब ७५ अर्ब ३२ करोड रुपियाँ पुगेको छ।

निक्षेप बढाउँदै सरकारको बैंक

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले पुस मसान्तसम्ममा १ खर्ब ९५ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा १ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेको थियो। बैंकले असोजदेखि पुस मसान्तसम्म आइपुग्दा निक्षेपमा ६ अर्ब ३८ करोड रुपियाँले वृद्धि गरेको छ।

यसैगरी कृषि विकास बैंकले पुस मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। बैंकले असोज मसान्तसम्म १ खर्ब २२ अर्ब रुपियाँ निक्ष्ँेप संकलन गरेको थियो।

यसैगरी नेपाल बैंकले पुस मसान्तसम्म १ खर्ब १८ अर्ब रुपियाँ निक्ष्ँेप संकलन गरेको छ। बैंकको असोज मसान्तसम्मको निक्षेप १ खर्ब १६ अर्ब रुपियाँ रहेको थियो।

कुन बैंकको निक्षेप कति ?

एभरेष्ट बैंकले कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा ११ अर्ब ३५ करोड रुपियाँले निक्षेप वृद्धि गरेको छ। असोज मसान्तसम्ममा १ खर्ब ३५ अर्ब रुपियाँले संकलन गरेको निक्षेप यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४७ अर्ब रुपियाँ पुर्याएको छ।

यसैगरी सिद्धार्थ बैंकले पुस मसान्तसम्ममा १ खर्ब ३३ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म बैंकको निक्षेप १ खर्ब २४ अर्ब रुपियाँ रहेको थियो। कात्तिकदेखि पुस मसान्तसम्ममा बैंकले ९ अर्ब ४३ करोड रुपियाँ निक्षेप वृद्धि गरेको छ।

यसैगरी माछापुच्छ«े बैंकले पुस मसान्तसम्ममा १ खर्ब १ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्मको तुलनामा बैंकको निक्षेप ६ अर्ब ८ करोड रुपियाँले वृद्धि भएको छ। बैंकले असोज मसान्तसम्ममा ९५ अर्ब ५३ करोड रुपियाँ निक्षेप संकलन गरेको थियो।

यसैगरी एनएमबि बैंकले कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा ५ अर्ब ३९ करोड रुपियाँ निक्षेप बढाएको छ। असोज महिनामा १ खर्ब २३ अर्ब निक्षेप भएको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब २८ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ।

प्रभु बैंकले कात्तिकदेखि पुस मसान्तसम्ममा ५ अर्ब २९ करोड रुपियाँ निक्षेप वृद्धि गरेको छ। असोज मसान्तमा १ खर्ब १४ अर्ब रुपियाँ निक्ष्ँेप संकलन गरेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब १९ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ।

यसैगरी नेपाल एसबीआई बैंकले पुस मसान्तसम्ममा १ खर्ब ४ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। बैंकले असोज मसान्तसम्म ९९ अर्ब ७१ करोड निक्षेप संकलन गरेको थियो। असोजदेखि पुस मसान्तसम्मको अवधिमा बैंकले ४ अर्ब ९४ करोड रुपियाँ निक्षेप वृद्धि गरेको छ।

यसैगरी सिभिल बैंकले पुस मसान्तसम्म ५१ अर्ब ९६ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। बैंकले असोज मसान्तसम्म ४७ अर्ब १८ करोडमात्रै निक्षेप संकलन गरेको थियो।

यसैगरी सानिमा बैंकले पुस मसान्तसम्म १ खर्ब २ अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्ममा यस बैंकले ९७ अर्ब ४९ करोड रुपियाँ निक्षेप संकलन गरेको थियो। कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा बैंकले ४ अर्ब ६८ करोड रुपियाँ निक्षेप वृद्धि गरेको छ।

यसैगरी स्ट्यान्डर्ड चार्टड बैंकले पुस मसान्तसम्ममा ८१ अर्ब ११ करोड निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्म ७६ अर्ब ४३ करोड रुपियाँ निक्षेप संकलन गरेको थियो। तुलनात्मक रूपमा कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा बैंकले ४ अर्बभन्दा बढी निक्षेप वृद्धि
गरेको छ।

यसैगरी सन्राइज बैंकले पुस मसान्तसम्ममा ८४ अर्ब ७६ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्म ८० अर्ब ३० करोड रुपियाँ निक्षेप संकलन गरेको थियो।

यसैगरी कुमारी बैंकले पुस मसान्तसम्म ९१ अर्ब ७७ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म बैंकको निक्ष्ँेप ८७ अर्ब ८० करोड रुपियाँ संकलन भएको थियो।

लक्ष्मी बैंकले पुस मसान्तसम्म ९२ अर्ब ८१ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्म ८८ अर्ब ८६ करोड रुपियाँ संकलन गरेको थियो।

यसैगरी बैंक अफ काठमाडौंले पुस मसान्तसम्म ९० अर्ब ११ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म यस बैंकको निक्षेप ८६ अर्ब ३२ करोड रुपियाँ रहेको थियो।

नेपाल बंगलादेश बैंकले पुस मसान्तसम्ममा ६३ अर्ब १२ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्ममा ५९ अर्ब ३८ करोड निक्षेप संकलन गरेको थियो।

यसैगरी एनसीसी बंैकले पुस मसान्तसम्म ७६ अर्ब ३८ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। यस बैंकले असोज मसान्तसम्म ७२ अर्ब ६६ करोड रुपियाँ निक्षेप संकलन गरेको थियो। सिटिजन्स बैंकले पुस मसान्तसम्म ८० अर्ब ४ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म यस बैंकको निक्षेप ७६ अर्ब ८९ करोड रुपियाँ संकलन भएको थियो।

त्यस्तै प्राइम बैंकले पुस मसान्तसम्ममा ८९ अर्ब ४१ करोड रुपियाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म बैंकको निक्षेप ८८ अर्ब ९ करोड रुपियाँ थियो। मेगा बैंकले पुस मसान्तसम्म ८४ अर्ब ६० करोड रुपियाँ निक्षेप संकलन गरेको छ।

असोज मसान्तसम्म बैंकको निक्षेप ८३ अर्ब २८ करोड रुपियाँ रहेको थियो। एनआईसी एसिया बैंकले कात्तिकदेखि पुससम्मको अवधिमा १ अर्बभन्दा बढीले निक्षेप वृद्धि गरेको छ। यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ८६ अर्ब रुपिया निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्ममा बैंकको निक्षेप १ खर्ब ८४ अर्ब रहेको थियो।

पाँच बैंकको निक्षेप घट्यो

चालू आर्थिक वर्षको कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरे पनि तुलनात्मक रूपमा निक्षेप घटेको छ। यस बैंकले पुस मसान्तसम्ममा २ खर्ब १० अर्ब रुपियाँ निक्षेप संकलन गरेको छ।

यस बैंकले असोजमसान्तसम्म २ खर्ब १२ अर्ब रुपियाँ निक्षेप संकलन गरेको थियो। यसरी हेर्दा असोज मसान्तदेखि पुस मसान्तसम्ममा यस बैंकको निक्षेप १ अर्ब ७७ करोड रुपियाँले घटेको छ।

यसैगरी नबिल बैंकको निक्षेप घटेको छ। कात्र्तिकदेखि पुस मसान्तसम्ममा यस बैंकको निक्षेप ३ अर्ब ६३ करोड रुपियाँभन्दाले घटेको छ। असोज मसान्तसम्ममा १ खर्ब ७२ अर्ब रुपियाँ निक्षेप संकलन गरेको यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब ६९ अर्ब रुपियाँमा सीमित भएको छ।
यसैबीच हिमालयन बैंकको निक्ष्ँेप २ अर्ब २६ करोड रुपियाँले घट्न पुगेको छ। यस बैंकले पुस मसान्तसम्ममा १ खर्ब १६ अर्ब रुपियाँ
निक्षेप संकलन गरेको छ। यद्यपि, असोज मसान्तसम्मको तथ्यांक हेर्दा बैंकको निक्षेप १ खर्ब ७२ अर्ब रुपियाँ रहेको छ।

यसैगरी सेञ्चुरी बैंकले पुस मसान्तसम्म ६५ अर्ब ७९ करोड रुपियाँ निक्षेप संकलन छ। बैंकको असोज मसान्तसम्मको निक्षेप ६६ अर्ब ९४ करोड रुपियाँ रहेको थियो।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको निक्षेप पनि १ अर्ब १८ करोड रुपियाँले घटेको छ। असोज मसान्तमा १ खर्ब ५२ अर्ब रुपियाँ निक्षेप  भएको यस बैंकको पुस मसान्तमा १ खर्ब ५१ अर्ब रुपियाँ निक्षेप संकलन भएको छ।