नेपाल समाचारपत्र, काठमाडौं।
साताभर शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बुलिस ट्रेन्ड पछ्याएको छ। लगातार उकालो लागेको बजार पुनः एक हजार तीन सयभन्दा माथिको बिन्दुमा पुगेको छ।
साताभर कुल १ सय ८० कम्पनीको एक करोड ६२ लाख ८९ हजार २ सय ४९ कित्ता शेयर ६ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४ सय ६४ रुपियाँमा कारोबार भएको नेप्सेले जनाएको छ।
साताको पहिलो दिन नेप्से परिसूचक २० दशमलव ७९ बिन्दुले ओरालो लागेर एक हजार २ सय ७६ दशमलव ६८ बिन्दुमा समेटिएको थियो। कुल १ सय ७४ कम्पनीको २६ लाख ६० हजार ३७ कित्ता शेयर ९६ करोड ५० लाख १८ हजार ६ सय ६२ रुपियाँमा कारोबार भयो।
यस्तै सोमबार नेप्से २३ दशमलव ९५ अंकले बढेर १३०० दशमलव ६२ बिन्दुमा पुग्यो। नेप्सेमा उच्च बिन्दुको सुधार देखिँदा कारोबार रकममा भने त्यसको प्रभाव देखिएन।
कुल १ सय ८० कम्पनीको २४ लाख नौ हजार २ सय ६२ कित्ता शेयर ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपियाँमा खरीदबिक्री भए। यस्तै मंगलबार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ मा पुग्यो। मंगलबार १ सय ७८ कम्पनीका ३७ लाख ३९ हजार ३ सय ९७ कित्ता शेयर एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८ सय पाँच रुपियाँमा खरीदबिक्री भयो।
बुधबार नेप्सेमा झिनो अंकले गिरावट आयो। सो दिन नेप्से शून्य दशमलव २७ अंकले घटेर १३०५ दशमलव ८८ बिन्दुमा रोकियो। त्यस दिन १ सय ७६ कम्पनीका २८ लाख ७८ हजार ४ सय ५२ कित्ता शेयर एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३ सय ८३ रुपियाँमा खरीदबिक्री भए।
साताको अन्तिम दिन नेप्से उकालो लाग्यो। लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक यसदिन १९ दशमलव ५१ अंकले बढेर १३२५ दशमलव ३८ मा पुग्यो। नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च अंकको वृद्धि भयो।
कुल १ सय ७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७ सय ४९ रुपियाँमा खरीद बिक्री भए। यस साता स्टकमा सनराइज बैंकको ऋणपत्र सूचीकृत भएको छ।











प्रतिक्रिया