रुस्लान अब विदेशमा



काठमाडौं, (नेस)

रुस्लान भोडकाले आफ्नो बजारलाई देश बाहिर पनि विस्तार गर्न थालेको छ। अब रुस्लानका आकर्षक प्याक हङकङ, मलेसिया र बेल्जियमका बजारमा पनि देख्न सकिने कम्पनीले जनाएको छ।

रुस्लानले विदेशी बजारमा पनि आफ्नो अमित छाप छोडन सफल हुनेमा जावलाखेल गु्रप अफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले बताउनुभयो।

उहाँले भन्नुभयो–‘स्लान विगत चार दशकदेखि पारखीको स्वाद र सन्तुष्टिलाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि प्रयोग गरेर बनाइएको नेपालको पहिलो भोडका हो। रुस्लानको अद्वितिय गुणस्तरले गर्दा नै अधिकाशं उपभोक्ताको रोजाईमा पर्न सफल पनि भएको छ।’

प्रतिक्रिया दिनुहोस्