टोयोटा डिलर्स मिट सम्पन्न



काठमाडौं, (नेस)

टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) द्वारा आयोजित टोयोटाको आधिकारिक डिलर भेला यस वर्षका लागि आधिकारिक रूपमा सम्पन्न भएको छ।

उक्त बैठकमा युटीएसका प्रबन्ध निर्देशक रीतु वैद्यलगायत देशभरका टोयोटा थ्री एस डिलरले सहभागिता जनाएका थिए।उक्त भेलाको उद्देश्य युटीएसले वर्षौदेखि ग्राहकलाई प्रदान गर्दै आएको टोयोटाका सवारीको बिक्री र सेवाको सुधार गर्दै अझै व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो। टोयोटाले नेपालमा ५० वर्षभन्दा बढी समयदेखि विभिन्न मोडलका सवारी बिक्री वितरण गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्