यामाहाको एफआई इन्जिन



काठमाडौं, (नेस)।

यामाहा टु ह्वीलरको नेपालका लागि आधिकारिक वितरक मोरङ अटो वक्र्स इन्टरप्राइजेज प्रालिले ग्राहकहरूलाई मोटरसाइकलमा प्रयोग गरिने फ्युल इन्जेक्टेड (एफआई) प्रविधि र कार्बरेटरमा यसले दिन फाइदाका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न एक जानकारीमूलक आम प्रचार अभियान अर्को पुस्ता अभियानको थालनी गरेको छ।

फ्युल इन्जेक्टेड (एफआई) इन्जिन धेरैजसो दुई पांग्रे सवारी साधनमा जडान गरिएका छन्। यो प्रविधि कार्बरेटरको स्वचालित संस्करण एवं अत्याधुनिक प्रविधि हो, जसले मोटरसाइकलमा जडान गरिएको यसको ८ सेन्सरहरू (क्र्यान्क अवस्था सेन्सर, कूल्यान्ट तापमापक सेन्सर, इन्टेक एयर प्रेसरसेन्सर, थ्रोटल अवस्था सेन्सर, ओटू सेन्सर, लीन एंगल सेन्सर र स्पीड सेन्सर) को मद्दतले काम गर्ने गर्दछ, जहाँ इसीयु, मोनिटरले डाटा प्राप्त गर्दछन् र सोही बमोजिम कारबाही प्रक्रिया शुरू गर्दछ। सन् २००८ को शुरूदेखि नै आफ्नो यामाहा आर १५ को पहिलो उत्पादनबाटै भित्राइसकेको र यो प्रविधि एफ जेड सिरिजहरू, आर–सिरिजहरू र हालसालैमात्र प्रस्तुत एमटि १५ मा समेत प्रयोग गरेर उत्कृष्ट प्रविधिको रूपमा प्रमाणित भइसकेको छ।

यामाहा एक त्यस्तो कम्पनी हो जसले सधैं नै आफ्ना उत्पादनहरूमा नवीनतम् प्रविधिलाई प्रस्तुत गर्दै आएको छ। यामाहाको एक मुख्य ब्राण्ड मूल्य नवीनतम् प्रविधिको सेरोफेरोको परिक्रमा गर्नु पनि हो ।

प्रतिक्रिया दिनुहोस्