टाटा मोटर्सको जेन्युइन आयल बजारमा



काठमाडौं, (नेस)।

नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रालिले टाटाका विभिन्न कमर्सियल गाडीका लागि टाटा मोटर्सको जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ।

अन्तर्रािष्ट्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो।

उक्त समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेसनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेशनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रालिका प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्त रूपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्राष्ट्रिय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गर्नुभएको थियो।

कार्यक्रमा १ देखि १५ लिटर रेन्जसम्मका विभिन्न प्याकमा उपलब्ध तीन विभिन्न उत्पादनहरू– टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–‘सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने हाम्रो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुशीको महसुस गरेका छौं।”

प्रतिक्रिया दिनुहोस्