सुन तोलाको ७६ हजार पुग्यो

0
Shares

काठमाडौं, (नेस)।

नेपाली बजारमा सुनको मूल्यमा पाँच सय रुपियाँले वृद्धि भएको छ। सोमबार छापावाल सुन प्रतितोला ७६ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुन प्रतितोला ७५ हजार ५ सय रुपियाँमा कारोबार भएको थियो। महासंघका अनुसार सोमबार तेजावी सुन ७५ हजार ७ सय रुपियाँमा कारोबार भएको छ। आइतबार तेजावी सुन ७५ हजार २ सय रुपियाँमा कारोबार भएको थियो।

यस्तै सोमबार चाँदी प्रतितोला ९ सय रुपियाँमा कारोबार भएको छ। आइतबार चाँदी प्रतितोला ८ सय ९५ रुपियाँमा कारोबार भएको थियो।

 

Skip This