सेञ्चुरी बैंकद्वारा ११० बालबालिकालाई न्यानो कपडा बितरण



न्युज अफ नेपाल,काठमाडौं ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले विद्यार्थीहरुलाई ११० थान न्यानो कपडा बितरण गरेको छ ।

ओमसतिया गाउंपालिका वडा नं ३ लोहरौलिमा स्थित श्री रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरिएको हो ।

बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक बिशाल गुप्ताले ११० बालबालिकाहरुको लागि न्यानो कपडा हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्