गतिविधी



  •  एनएमबि बैंकको २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

    उक्त साधारण सभाले सञ्चालक पदमा संस्थापक शेयरधनीबाट पवन कुमार गोल्याण, एफएमओको तर्फबाट निको पिल र कर्मचारी सञ्चय कोषको तर्फबाट राजेन्द्र काफ्ले तथा सर्वसाधारण शेयरधनीबाट शिरिश कुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोनलाई नर्वाचित गरेको छ।

  •  नेपाल बैंकको ६०औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशतका दरले हुन आउने ९८ करोड ११ लाख १४ हजार आठ सय नगद लाभांश (लाभांश कर समेत) र चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार दुई सयबराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

  • बैंकको अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने, जारी तथा चुक्ता पुँजीमा वृद्धि गरी ११ अर्ब २८ करोड २८ लाख २० हजार दुई सय रुपियाँ कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ।
  •  लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको करिब १ लाख कित्ता शेयर लिलामीमा आउने भएको छ। इन्स्योरेन्सले ९९ हजार ७२६ कित्ता शेयर लिलामीमार्फत बिक्री गर्नेछ। इन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सीबीआईएल क्यापिटल लिमिटेड रहेको छ।्

प्रतिक्रिया दिनुहोस्