ज्योति विकास बैंक लिको बाह्रौं वार्षिक साधारणसभा सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौं। 
ज्योति विकास बैंकको बाह्रौं वार्षिक साधारण सभा मिति २०७६ पौष २९ गते काठमाडौंमा सम्पन्न भएको छ। उक्त साधारण सभामा आव २०७५/७६ को वार्षिक प्रतिवेदन, आव २०७६/७७ को लागि लेखापरीक्षक नियुक्तलगायतका नियमित प्रस्तावहरू बाहेक सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचनसम्बन्धी कार्यक्रम रहेको थियो।

उक्त निर्वाचनसम्बन्धी प्रस्तावमा जम्मा एक जना सेयरधनी, श्री मन महर्जनको मात्र उम्मेदवारी परेकोले निज महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ।

आव २०७५/७६ को नाफा नोक्सान बाँडफाँड हिसाब मार्फत् १२.७५ प्रतिशत बोनश सेयर जारी गर्ने प्रस्तावलगायत अन्य सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतले पारित भएको ज्योति विकास बैंकका कम्पनी सचिव तथा सूचना अधिकृत श्री पारसराज कँडेलले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन पेस गर्दै ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दुमा राखेर सेयरधनीहरूलाई उचित लाभांश दिँदै सम्पूर्ण नागरिकहरूको हितमा आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको जानकारी प्रदान गर्नुभयो।

बैंकका प्रमुख कार्यकारी अधिकृतले सेयरधनीहरूको जिज्ञाशाको जवाफ दिने क्रममा बैंकले तय गरेको उद्देश्य, दूरदृष्टि, ध्येय तथा आधारभूत मूल्य मान्यताहरूमा अडिग रहेर व्यवस्थापनले आफ्ना क्रियाकलापहरू अघि बढाएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्