दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)।

सोमबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ। यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ दशमलव १४ अंकले वृद्धि भई १२७० दशमलव ८६ विन्दुमा पुगेको छ।

यस दिन कुल १ सय ८३ कम्पनीको ५५ लाख १८ हजार ६३६ प्रतिकित्ता शेयर १ अर्ब ७० करोड ५० लाख ६० हजार ६ सय ६४ रुपियाँमा खरिद बिक्री भएको छ। यसदिन निर्माण तथा उत्पादन समूह र माइक्रोफाइनान्स समूहबाहेक अन्य सबै समूहको कारोबार वृद्धि भएको छ।

यसदिन कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सबैभन्दा बढी ६ करोड ४ लाख ५५ हजार ७ सय ६ रुपियाँको शेयर कारोबार गरेको छ। यसैगरी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५ करोड, ९७ लाख १४ हजार १ सय ३० रुपियाँको शेयर खरिदबिक्री गरेको छ।

यसदिन घोडीघोडा लघुवित्त वित्तीय संस्थाले सबैभन्दा धेरै नाफा कमाएको छ। यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ८७ प्रतिशतले नाफा कमाएका छन्। यसदिन सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै घाटा व्यहोरेका छन्। यस कम्पनीका लगानीकर्ताहरूले ५ प्रतिशतभन्दा बढीको घटेको छ।

प्रतिक्रिया दिनुहोस्