अर्थतन्त्र विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण



नेपाल समाचारपत्र, काठमाडौं।

नवधबलागिरी बचत तथा ऋण सहकारी संस्थाको १२आंै साधारण सभा सम्पन्न भएको छ। उक्त सभामा बोल्दै सांसद भुपेन्द्रबहादुर थापाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सहकारीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभएको छ। थापाले सरकारले सहकारी तीन खम्बे अर्थनीतिअन्तर्गत रहेको र समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल बनाउन सहकारीको महत्वपूर्ण भूमिका पनि बताउनुभएको छ।

संस्थाका सल्लाहाकारसमेत रहेका नेपाल चेम्बर अफ कमर्स प्रदेश ५ का अध्यक्ष भीमलाल पौडेलले संस्थाका सदस्यले पनि संस्थामा के भइरहेको भनेर चासो र चिन्ता लिनुपर्ने बताउनुभएको छ।

संस्थाका अध्यक्ष युवराज न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समाजमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी समाजमा निम्न आयस्तर भएका शेयर सदस्यको जीवनस्तर उकास्न सरल र सुलभ ढंगले कार्यक्रम ल्याउने बताउँदै यसले देश विकासमा टेवा पु¥याउने बताउनुभएको छ।

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष हरि शर्माले आर्थिक वर्ष २०७५÷७६ मा संस्थाले ७ करोड ७२ लाख १३ हजार ९१ निक्षेप संकलन गरी ९ करोड ९८ लाख ९० हजार ८ सय ११ रुपियाँ कर्जा लगानी गर्न सफल भएको जानकारी दिनुभयो। अधिवेशनले आगामी कार्यकालका लागि धुब्र ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरेको छ।

समितिको उपाध्यक्षमा कृष्ष ज्ञवाली, सचिवमा दीपु पोखरेल, कोषाध्यक्षमा सन्तोष अधिकारी र सहसचिवमा हरि शर्मा चयन भएका छन्। यस्तै समितिको सदस्यमा सरस्वती ज्ञवाली, सुवास भण्डारी, ईन्द्रबहादुर थापा, युबहादुर मल्ल, हर्कबहादुर सापकोटा र प्रेमकुमारी जिसी सर्वसम्मत भएका छन्।

संस्थाले मधु बरालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ। जसको सदस्यमा राजु बास्तोला र अम्बिका ज्ञवाली रहेका छन्। सुवास भण्डारीको संयोजकत्वमा यादबहरी ज्ञवाली र खिमहादुर खड्का सदस्य रहेको कर्जा उपसमिति गठन गरेको छ। त्यस्तै सरस्वती ज्ञवालीको संयोजकत्वमा महिला उपसमिति ,भीमबहादुर सापकोटाको संयोजकत्वमा युवा उपसमिति र अर्जुन बहादुर मल्लको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्