सन्राइज बैंकको रिकरिङ खाता सञ्चालन



सन्राइज बैंकले सन्राइज रिकरिङ खाता सञ्चालनमा ल्याएको छ। उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने ब्याज मुद्दती खाता सरह पाइनेछ। आवश्यकताअनुसार १ देखि ५ वर्षका लागि बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रुपमा रकम जम्मा गदै जान सकिनेछ।

खाता खोल्दा न्युनतम बचत हजार रुपियाँ र त्यसपछि एक पटकमा न्युनतम ५ सय वा ५सयको गुणाका दरले जम्मा गर्दै जान सकिनेछ। सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रुपमा मुद्दती खातामा जम्मा हुँदै जाने र मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ।

उक्त खातामा पूर्व निर्धारितभन्दा बढी रकम ग्राहकको अनुकुलताअनुुसार पटक–पटक गरी जम्मा गर्न सकिनेछ। यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रुपमा प्राप्त हुने ब्याज व्यक्तिगत मुद्दती खाता सरहको उच्च ब्याज पाउनु हो। साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्म कर्जा लिन पाइने व्यवस्था छ।

यस खातामा फ्लोटिङ ब्याजदर लागू गरिएको छ, जसले गर्दा बजारको उतार चढाव अनुसारको ब्याज दर निर्धारण गर्न मद्दत पुग्दछ। उतार चढाव हुँदँ पनि ब्याज प्राप्त हुनेछ। हाल बैंकले मुद्दती खातामा ९.२५ प्रतिशतमा थप ०.५ प्रतिशत ब्याज प्रदान गर्दै आएको छ। यो योजना दैनिक र साप्ताहिक र मासिक हिसाबले बचत गर्ने सोच भएमा व्यक्तिलाई अति उपयुक्त रहने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्