मेगा बैंकको एक्सटेन्सन काउन्टर थप



मेगा बैंक नेपालले उपत्यकामा थप चार वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।काठमाडौंको टोखा नगरपालिकाको झोर, भक्तपुरको सूर्यविनायक नगरपालिकाको गाम्चा, भक्तपुरकै भक्तपुर नगरपालिकाको कमलविनायक र ललितपुरको ललितपुर महानगरपालिकाको सुनाकोठीमा बैंकले एक्सटेन्सन काउन्टर विस्तार गरेको हो। अब मेगा बैंकको एक्सटेन्सन काउन्टर संख्या २५ पुगेको छ।

एक्सटेन्सन काउन्टरको विस्तारपछि सेवाग्राहीलाई सहज हुने मेगा बैंकको विश्वास छ। ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकका उपत्यकासहित देशभर १ सय ११ वटा शाखा कार्यालय, ११४ वटा एटीएम, ११९ वटा शाखारहित बैंकिङ सेवा र ३ हजारभन्दा बढी मेगा रेमिट सञ्जाल रहेको छ।

प्रतिक्रिया दिनुहोस्