एनएमबि बैंकका अध्यक्षद्वारा सपथग्रहण



एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याणले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालसँग अध्यक्षको पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ। बैंककोे २४औं वार्षिक साधारण सभाले गोल्याणलाई संस्थापक शेयरधनीको प्रतिनिधि चयन गरेको हो।

हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक शेयरधनी निको पिल, कर्मचारी सञ्चय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्रलाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डे रहेका छन्।

बैंककोे २४औ साधारण सभाले चुक्ता पुँजीको २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। हाल बैंकले १६३ वटा शाखा, ५ एक्स्टेन्सन काउन्टर तथा १२८ वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्