ब्रोकर लाइसेन्स दाबी गर्दै बैंकर अर्थसमितिमा

नेपाल समाचारपत्र, काठमाडौं।

बाणिज्य बैंकहरूले ब्रोकर कम्पनीको लाइसेन्स पाउनुपर्ने दाबीसहित नेपाल बैंकर्स संघले अर्थ समितिलाई पत्र पठाएको छ। संघले विभिन्न सात कारणसहित ब्रोकर लाइसेन्स पाउनुपर्ने नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष भुवन दाहालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा पुँजी बजार तथा मुद्रा बजारसम्बन्धी अध्ययन उपसमिति गठन गरेको थियो। अर्थ समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया रोक्न निर्देशन दिएर झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेर अध्ययन थालेको थियो।

संघले पछिल्लो समय बाणिज्य बैंकहरूको शाखा करिब ४ हजारको संख्यामा खुलिसकेको भन्दै बैंकहरूलाई धितोपत्रको ब्रोकर लाइसेन्स प्राप्त भए दूरदराजका सबै नागरिकले सहज रूपमा धितोपत्र कारोबार गर्न सक्ने बताएको छ।

बैंकर्स संघले अर्थ समितिलाई पठाएको पत्रमा भनिएको छ– ‘बैंकिङ क्षेत्र पारदर्शी हुनुका साथै नियामक निकायले संस्थागत सुशासनका लागि छुट्टै निर्देशिका तयार गरेको र त्यो निर्देशन बैंकले पालना गरेको अवस्था छ।

यसबाट इन्साइडर ट्रेडिङलगायत सुशासनसम्बन्धी विषयमा धितोपत्र कारोबार भएमा सुशासनमा अझ बढी सबल हुन सक्ने देखिन्छ।’
संघले वित्तीय पहुँच, सुशासन, सही सूचना तथा मार्गदर्शन प्रदान हुनेलगायतका विभिन्न सात कारणसहित समितिलाई पत्र पठाएको छ।

संघले पत्रमा बैंकले क्यामेल्स रेटिङमा समेत नेपालका बैंकहरू अब्बल देखिएको दाबी गर्दै दक्षिण एसियामा नै नेपालका बैंक उत्कृष्ट रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्