लुम्बिनी विकास बैंकद्वारा पिठुवा खानेपानीलाई आर्थिक सहयोग



लुम्बिनी विकास बैंक लिमिटेडले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत संस्थालाई खानेपानीको पाईपलाईन विस्तार गर्ने तथा सरसफाई कायक्रम संचालन एवम् केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि तीन लाख रुपियाँ बराबरको चेक बिहीबार हस्तान्तरण गरेको हो।

उक्त चेक बैंकका संचालक चिन्तामणी भट्टराईले संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहका बिच हस्तान्तरण गर्नुभयो। त्यस अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुर्दशन घिमिरेको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्