सहकारी चोरी अभियोगमा ३ जना पक्राउ



हेटौंडा, (नेस) ।

मकवानपुरको थाहानगर–६, बज्रबाराहीमा अवस्थित बज्रबाराही बचत तथा ऋण सहकारी संस्थामा पुस २० गते राति कार्यालयको भल्टमा रहेको नगद चार लाख बीस हजार तीन सय सत्तरी रुपियाँ चोरी गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले अपराधमा संलग्न देखिएका ३ जनाको साथबाट नगद दुई लाख चार हजार आठ सय पचासी र चोरीमा प्रयोग भएको देखिएको २ वटा मोटरसाइकलसहित मंगलबार मकवानपुरको इन्द्रसरोवर–२, फाखेलमा रहेको धनलक्ष्मी होटलअगाडिबाट पक्राउ गरेको हो ।

पक्राउ भएकामा इन्द्रसरोवर–५, मधुवन बस्ने वर्ष ३९ का कृष्णराज लामा, वर्ष २८ का  धनबहादुर रुम्बा र वर्ष २८ का सञ्जीवकुमार लामा छन् । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को चोरी तथा डाँकासम्बन्धि कसुरबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्