जिल्ला प्रशासन कार्यालय सिराहामा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर



प्रभु बैंकले सिराहाको सिराहा नगरपालिकास्थित वडा नं ७ जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। सिराहास्थित जिल्ला प्रशासन कार्यालयमा स्थापित एक्स्टेन्सन काउण्टरको बुधबार सिराहाका प्रमुख जिल्ला अधिकृत गोपाल कुमार अधिकारीले एक समारोहकाबीच उद्घाट्न गर्नुभएको हो।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरूलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको छ।

प्रभु बैंकले हालसम्म २०२ वटा शाखा कार्यालय, १५२ वटा एटीएम, ४० वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवा मार्पmत् बैंकिङ सेवा प्रवाह गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्