सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि अस्पतालबीच सम्झौता



सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि अस्पतालबीच स्वास्थ्य उपचार सुविधासम्बन्धी सम्झौता भएको छ। यस सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गर्नुभएको छ।

यस सम्झौताअन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रूपमा भुक्तानी गर्न सक्नेछन्। साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरूमा ७ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्