सुनको मूल्य घट्यो



काठमाडौं, (नेस)।

निरन्तर वृद्धि भइरहेको सुनको भाउमा मंगलबार भने गिरावट आएको छ। सोमबार प्रतितोला ७६ हजार रुपियाँ पुगेको छापावाल सुनको मूल्य मंगलबार ५ सय रुपियाँले घट्दै प्रतितोला ७५ हजार ५ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसदिन तेजावी सुन प्रतितोला ७५ हजार २ सय रुपियाँमा कारोबार भएको छ। सोमबार भने तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपियाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ।मंगलबार चाँदी प्रतितोला ९ सय रुपियाँमा कारोबार भएको छ। सोमबार चाँदी प्रतितोला ९ सय २० रुपियाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्