एभरेष्ट बैंकको एनआरएन बचत खातामा विभिन्न सुविधा



काठमाडौं, (नेस)।

एभरेष्ट बैंकले आफ्नो बैंकमा खाता खोल्ने एनआरएनलाई विशेष सुविधा पुर्याउन एनआरएनएसँग एमओयूमा हस्ताक्षर गरेको छ। एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्तकुमार दबाडी, एभरेष्ट बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्रकुमार नेगीले एमओयूमा हस्ताक्षर गरेका छन्।

एनआरएन बचत खातामा निःशुल्क एटीएम, इन्टरनेट, मोबाइल बैकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५० प्रतिशत छुट र विभिन्न कर्जा सुविधाको प्रोसेसिङ शुल्कमा विशेष छुटका साथ उच्च प्रतिफल प्रदान गर्नेछ।

एभरेष्ट बैंकको सन्तुष्ट ग्राहकहरूको संख्या १० लाखभन्दा बढी रहेको छ, एभरेष्ट बैंकले ९५ शाखा, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर र १२२ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्