सुनको मूल्य प्रतितोला ७६ हजार



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली बजारमा सोमबार सुन प्रतितोला ७६ हजार रुपियाँमा कारोबार भएको छ। आइतबार ७५ हजार ५ सयमा कारोबार भएको छापावाल सुनले सोमबार ५ सय रुपियाँले बढ्दै अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपियाँमा कारोबार भएको छ।
सोमबार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

आइतबार ९ सय रुपियाँ प्रतितोलामा कारोबार भएको चाँदी सोमबार २० रुपियाँले बढ्दै ९ सय २० रुपियाँमा कारोबार भएको छ। विगत केही दिनयता जारी इरान र अमेरिकाबीचको तनावका कारण सुनको भाउमा असर परेको सुन व्यवसायीहरूको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्