स्ट्याण्डर्ड चार्टर्ड बैंकको ‘गोल’ कार्यक्रम शुरू



स्ट्याण्डर्ड चार्टर्ड बैंकले ‘गोल’ कार्यक्रमको शुभारम्भ गरेको छ। उक्त कार्यक्रममा बैंकले आफ्नो अन्तर्राष्ट्रिय साझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वुमेन विन र नेपालको लागि स्थानीय कार्यान्वयनात्मक साझेदार राष्ट्रिय गैरसरकारी संस्था चाइल्डरिच, नेपालसँगको सहकार्यमा अघि बढाएको हो।

कार्यक्रमको शुभारम्भ मदन स्मारक उच्च मा.वि., ललितपुरमा गरिएको थियो। त्यस कार्यक्रममा बैंकको तर्फबाट करिब १ सय ५० जना विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीहरू पनि वितरण गरिएको थियो।

‘गोल’कार्यक्रम असमानताको सामना गर्न र आर्थिक समावेशीता प्रोत्साहित गर्न स्ट्याण्डर्ड चार्टर्डले अबलम्बन गरेको एक विश्वव्यापी पहल हो, जसमार्फत् भविष्यनिर्माताहरूलाई अगुवाई शिक्षाप्रदानगर्ने गरिन्छ।

गोल” ले चेलीहरूलाई उनीहरूको परिवार र समुदायहरूमाआर्थिक नेतृत्वबहनगर्ने क्षमताप्रदानगर्न उनीहरूमाआत्मविश्वास, ज्ञान र सीपहरूको विकास गर्दछ।

सन् २००६ र २०१८को बीचमा यो कार्यक्रमबाट २० भन्दा बढी मुलुकहरूका ४ लाख ८० हजार युवतीहरू लाभान्वित भैसकेका छन्। बैंकले सन् २०२३ सम्ममा १० लाखचेलीहरूलाई यो कार्यक्रमबाट लाभप्रदानगर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्