सानिमा बैंकद्वारा आँखा अस्पताललाई ‘वाटर प्यूरीफिकेशन मेसिन’ प्रदान



सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले पोखरा, घारीपाटन स्थित हिमालय आँखा हस्पिटललाई ‘वाटर प्यूरीफिकेशन मेसिन’ प्रदान गरेको छ।

बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रमअन्तर्गत अस्पतालमा दैनिक आउने बिरामी तथा अस्पतालका कर्मचारीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै मेशिन प्रदान गरेको हो।

उक्त मेसिन सानिमा बैंकका प्रमुखकार्यकारी अधिकृत भुवनकुमार दाहालले अस्पतालका प्रमुख मेडिकल डाईरेक्टर डा. ईन्द्रमान मर्हजनलाई हस्तान्तरण गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्