नबिल इन्भेष्टले शुरू गर्यो बिजनेश क्लिनिक



नबिल इन्भेष्टमेन्ट बैकिंङ लिमिटेडले बिजनेश क्लिनिक संचालनमा ल्याएको छ। जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरू र आफ्नो व्ययसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरूका लागि निकै उपयोगी हुने बैंकले जनाएको छ।

बैंकका अनुसार, बिजनेश क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरूको सम्भावना तथा समस्याहरूलाई पहिचान गरी समाधान गर्न शुरू गरेको परामर्श सेवा हो।

ग्राहकहरूले नबिल इन्भेष्टमेन्टका लगानी विशेषज्ञहरूद्धारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस सेवाअन्तर्गत ईक्विटी परामर्श, लगानी व्यवस्थापन सम्बन्धी परामर्श, कर्जा तथा ऋण सम्बन्धी परामर्श, पुँजी संरचना सम्बन्धी परामर्श लगायतका विभिन्न परामर्श लिन सकिने छ।

यस्तो सेवा सार्वजनिक विदाको दिनबाहेक प्रत्येक शुक्रबार बिहान १० बजे देखि दिनको १ बजेसम्म संचालनमा रहने बैंकले जनाएको छ। एक पटक यो सेवा लिन एक हजार रुपियाँको टिकट काट्नुपर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रवार पुनःबिनाकुनै शुल्क परामर्श लिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्