राष्ट्रिय वाणिज्य बैंकका पूर्वपदाधिकारीहरू सम्मानित



राष्ट्रिय वाणिज्य बैंकको सेवाबाट निवृत्त भएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरूलाई कर्मचारी संघले सम्मान गरेको छ। बैंकको कर्मचारी संघ नेपालको स्थापना, विकास, विस्तार तथा गरिमा बृद्धिमा उच्च योगदान गर्ने पूर्व पदाधिकारीहरूलाई एक समारोहकाबीच सम्मान तथा बिदाइ गरिएको हो।

पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुवेदीको गर्नुभएको थियो। सो कार्यक्रममा विभिन्न विषयका विद्धानहरूको लेख समेटिएको संघको मुखपत्र ‘लक्ष्ययात्रा २०७६’को विमोचन समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्