मुक्तिनाथ विकास बैंकले मनायो वार्षिक उत्सव



काठमाडौं, (नेस)।

मुक्तिनाथ विकास बैंक लि.ले १३ औं वर्ष पार गरी १४ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरेको छ। यसै अवसरमा बैंकले डिजिटल माध्यमद्वारा एकैसाथ १८ वटा शाखाको केन्द्रीय कार्यालयबाटै उद्घाटन गरेको छ।

काठमाडौंको बत्तिसपुतली, ललितपुरको भैंसेपाटी, नुवाकोटको बट्टार, कास्कीको नदीपुर र बेगनासताल, तनहुँको आँबुखैरेनी, लमजुङको बेसीशहर, चितवनको टाँडी, नवलपुरको गैंडाकोट,पाल्पाको रामपुर, दाङको लमही, बाँकेको कोहलपुर, कैलालीको लम्की र धनगढी, झापाको काँकरभिट्टा, इलामको इलाम, धनकुटाको धनकुटा, सुनसरीको दुहवीमा औपचारीक रुपमा शाखा उद्घाटन गरेको हो।

उक्त समारोहको उद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गर्नुभयो। बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरूमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू गरेको जनाएको छ।बैंकले विभिन्न विद्यालयका जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती, विद्यालयमा स्टेशनरीका सामाग्री तथा फर्नीचर, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा, चेपाङ संरक्षण समितिलाई खाद्यान्न, विभिन्न ठाउँहरूमा डस्वीन वितरण गरेको छ। यस्तै तराईका शीतलहरबाट प्रभावित क्षेत्रहरूमा कम्बल, एम्बुलेन्सलाई आवश्यक मर्मतसम्भार, अस्पतालमा विरामी कुरुवा बस्ने कुर्सी सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्