अग्रिम इन्टरप्राइजेजविरुद्ध कर छलीको आरोप



नक्कली मुल्य अभिवृद्धि(भ्याट) विल छली आरोपमा अग्रिम इन्टरप्राइजेजविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। आइतबार राजश्व अनुसन्धान विभागले १५ करोड ५१ लाख विगो दावी सहितको मुद्दा दायर अदालतमा दायर गरेको हो।

काठमाडौं महानगरपालिकामा दर्ता भएको अग्रिम इन्टरप्राइजेज र अग्रिम निर्माण सेवाका सञ्चालक नविन चौलागाईंसहित ४ जनाले नक्कली भ्याट विल बनाएर १२ करोड ८७ लाख रुपियाँ बराबरको राजस्व छली गरेको विभागले दावी गरेको छ।

अग्रिमले ३ करोड ६७ लाख ६७ हजार ३८७ रुपियाँ बराबरको भ्याट र ९ करोड २० लाख २१ हजार ४५ रुपियाँ बराबरको आयकर छली गरेको विभागले दावी गरेको छ।त्यस्तै, उक्त कम्पनीका कर्मचारी तोयनाथ अधिकारी र अडिटर डीके कोइराला एण्ड एसोसिएट विरुद्ध पनि मुद्दा दायर गरेको छ।

त्यस्तै, काठमाडौं महानगरपालिकामा नै दर्ता भएको सन्दिप ट्रेडलिङका सञ्चालक प्रमिला कुमारी साहसहित २ जनाले भन्सार चोरी पैठारी गरेको आरोपमा २ करोड ६४ लाख विगो दावी सहित आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्