कुवेतमा ४२ नेपाली कामदारको मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं।

सन् २०१९ मा कुवेतमा काम गर्न गएका मध्ये ४२ जना नेपाली कामदारहरूको मृत्यु भएको छ। नेपाली दूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार यसरी मृत्यु हुने ४२ नेपाली कामदारमध्ये ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन्।

सबैभन्दा धेरै १५ जनाको हृदयघातका कारण मृत्यु भएको दूतावासले जनाएको छ। यसैगरी सडक दुर्घटनाका कारण पाँच जना, आगलागी तथा कार्यक्षेत्रमा भएको अन्य दुर्घटनाका कारण सातजना, गम्भीर बिमारीका कारण चार जना, चक्कु प्रहारबाट एक जना र अन्य कारण सातजना नेपाली कामदारहरूले कुवेतमा यो बर्ष ज्यान गुमाएका छन्। त्यसैगरी तीनजना नेपाली कामदारहरूले आत्महत्या गरेको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्