डीएभी वातावरण क्लबद्वारा सरसफाइ



नेपाल समाचारपत्र, काठमाडौं।

डिएभी कलेजको वातावरण क्लबले ललितपुरको बज्रबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। वातावरण क्लबका अध्यक्ष एवम् अङ्ग्रेजी विभागीय प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिएभीका कक्षा ११ र १२ का गरी एक सय पचास जनाको सहभागिता रहेको थियो।

कलेजका निर्देशक सुमन बस्नेतले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्