विद्युत् महसुल घटाउने तयारी



नेपाल समाचारपत्र, काठमाडौं।

विद्युत उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ। शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै ऊर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिनुभएको हो।

देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरूलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उहाँले बताउनुभयो।

ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले आगामी बजेटबाट यस्तो अनुदान हटाउन सक्ने बताएको उहाँको भनाइ छ।

सरकारले यसैवर्ष वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत प्रवद्र्धन स्वरुप १० हजार इन्डक्सन चुल्हो सहुलियत मूल्यमा बिक्री वितरण गर्न लागको र त्यसका लागि स्थानीय तह, सामुदायिक तथा सहकारी विद्युतीकरण आयोजनाहरूसँग सहकार्य हुने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्