वेलकम एड्भरटाइजिङ र एडस्टार्टर प्रालिबीच सम्झौता



वेलकम एड्भरटाइजिङ प्रालि र एडस्टार्टर प्रालिले हालसालै रणनीतिक साझेदारी कायम गर्ने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। नेपाली सञ्चारमाध्यममा विज्ञापन बुकिङ/संकलक र प्रसारण/ प्रकाशन गर्ने विषय सम्बन्धी उक्त सम्झौंता पत्रमा वेलकम एड्भरटाईजिङका अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टर प्रालिका नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन गरेका छन्।

सम्झौताअनुसार एडस्टार्टरले आफ्नो वेबसाइटमार्फत नेपाल र विदेशमा बस्ने दुवै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनलाई नेपालको छापा, टेलिभिजन र रेडियो÷एफ.एम हरूमा प्रकाशन /प्रसारण गर्नेछ।

‘नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने व्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीले लामो समयदेखि विभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरू सामना गर्नुपरेको छ।

यस्ता समस्यालाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टरसँग रणनितिक साझेदारी गरेका हौं,’ वेलकमका अध्यक्ष पौडेलले भन्नुभयो–‘अब विश्वभर छरिएर रहेका विज्ञापनदाताले प्रत्यक्ष रुपमा नेपाली सञ्चारमाध्यममा आफनो विज्ञापन प्रकाशन/प्रसारण गर्न सक्नेछन्।

यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली सञ्चार माध्यमबीच प्रत्यक्ष अन्तरक्रिया गराई दुवै पक्षलाई व्यावसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्