राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट



नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त हुनुभएको छ। बुधबारदेखि उहाँले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएको हो।

राष्ट्र बैंकका कार्यकारी निर्देशकसमेत रहनुभएका डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ। उहाँ अनुसन्धान विभागको कार्यकारी निर्देशक समेत हुनुहुन्छ।

यसअघि राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले सम्हाल्नुभएको थियो। उहाँले एक महिनापछि अवकाश पाउँदै हुनुहुन्छ। अवकाशको एक महिनाअघि देखि उहाँ बिदामा बस्नुभएकाले राष्ट्र बैंकले उहाँलाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्